Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मिटरव्याजी बिरुद्ध प्रशासन आक्रमक बन्दै : मिटर व्याजी बिरुद्ध उजुरी दिन आग्रह


2.7K
Shares

गोरखामा मिटरव्याजी बिरुद्ध प्रशासन आक्रमक बन्दै : मिटर व्याजी बिरुद्ध उजुरी दिन आग्रह

गोरखा ७ भदौं । जिल्ला जिल्ला प्रशासन कार्यालय गोरखाले मिटर ब्याजी बिरुद्व उजुरी दिन आग्रह गरेको छ । अबैध रुपमा मिटर व्याजीहरुले गरेको चर्को शोषण गरेको पाइएपछि उच्च दरको ब्याज लिई कागज नच्याति रकम असूल गरिहेकाहरु बिरुद्व उजुरी दिन प्रसासनले सूचना नै निकालेर आग्रह गरेको हो ।

अधिकांस गरिब निमुखा र निरपेक्ष व्यक्तिहरुले पैसाको गर्जो टार्नका लागि साहुले चर्को व्याजमा कानुन विपरित ऋण दिने गरेको पाइएपछि गृहमन्त्रालयले त्यस्ता धन्दा गर्नेहरु बिरुद्ध कानुनी कारवाही सुरु गरेपछि जिल्ला प्रसासन कार्यालय गोरखाले पनि त्यस्ता व्यक्तिहरुका बिरुद्ध प्रमाण सहित उजुरी दिन भनेको हो ।

प्रसासन जारी गरेको सूचनामा प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरी ऋण लिने गरेको र त्यसो गर्दा ऋणदाताले एउटा कागजमा कानुनी रुपले स्वीकार्य दर राखी ब्यवहारमा उच्च दरको ब्याज लिई कागज नच्याति रकम असुल गरिरहेको वा तमसुकमा उल्लिखित अङ्कमा पछि आफै अङ्क थप गरी ऋणीले लिएको वास्तविक ऋण भन्दा कैयौ गुणा बढी रकम दावी गर्ने गरेको पाइएको उल्लेख छ ।

प्रसासनले ऋण लिएको मिति भन्दा धेरै बर्ष अघिकै मिति राखी तमसुक बनाई अनाधिकृत ब्याज असूलेको वा ऋण दिदाँ एउटा थैली कायम गरी त्यसको निश्चित प्रतिशत रकम कट्टा गरी बाँकी रकम ऋणीलाई दिई पुरै रकमको उच्च दरले ब्याज सहित असूल गर्ने गरेको भन्दै कानूनी रुपले आफू तल नपर्ने गरी ऋण लिनेको जग्गा दुष्टिबन्धक राख्ने, छिनुवा पास लिने, खाली चेकमा सही गराई राख्ने गरेको र चेक बाउन्स लगायतका मुद्वामा फसाउने धम्की दिएर गैरकानूनी रुपले ऋणको धेरै गुणा रकम असूल्ने त्यस्ता मिटर ब्याजी बिरुद्व उजुरी गर्न भनेको छ ।

‘शोषणका विभिन्न काध्यम अपनाई ऋणीसंग उच्च दरमा ब्याज सहित सावाँ असुल्ने र सो क्रममा ऋणीको जायजेथा आफ्नो कब्जामा लिने गरीएको सूचना बमोजिम गोरखा जिल्लामा मिटर ब्याजीहरुबाट पिडित ब्यक्तिहरुले त्यस्ता मिटर ब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय गोरखा वा जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दता गराउन सर्व साधारणलाई प्रशासनले आग्रह गरेको छ ।

सदरमुकाम र लगायत जिल्लाका बिभिन्न क्षेत्रमा मिटर व्याजीको फन्दामा परेर कयौ व्यक्ति घरबार बिहिन अबस्थामा पुगेको समाचार प्रकाशन/प्रशारण भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology