गोरखा ६ भदौं । गोरखा अस्पतालमा भोलीबाट डायलासिस सेवासुरु हुने भएको छ । अस्पतालले भदौ ७ गतेदेखि सेवा दिने गरी तयारी पुरा गरेको हो । डायलासिस गनुपर्ने वा गराईरहेका बिरामीलाई आजैदेखी अस्पताल प्रशासन आएर नामदर्ता गराउन भनिएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
जिल्लामा डायलासिस सेवा सुरु गर्ने गोरखा अस्पताल नै पहिलो भएको छ । साता दिन अगाडी मात्रै गोरखा रेडक्रसले रक्त संञ्चार केन्द्र सञ्चालनमा ल्याए लगत्तै गोरखा अस्पतालले डायलासिस सेवा सुरु गर्न थालेको हो ।जिल्ला मा नै डायलासिस सेवा सुचारु भएपछि भने बिरामीहरुले चितवन, पोखरा र काठमाण्डौ धाउनु पर्ने बाध्यता हट्ने छ ।