Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आरुघाट गाउँपालिकाको स्पस्टीकरण : धार्मिक प्रयोजनार्थ प्रयोग हुने खादा प्रयोगमा अबरोध हुदैन


1.7K
Shares

आरुघाट गाउँपालिकाको स्पस्टीकरण : धार्मिक प्रयोजनार्थ प्रयोग हुने खादा प्रयोगमा अबरोध हुदैन

गोरखा, १ भदौं । गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्र खादा प्रयोगमा निषेध गरेपछि त्यसको कतै आलोचना त कतै समर्थन भयो । गाउँपालिकाले गएको साउन १३ गते एक सार्वजनिक सूचना जारी गरी पालिका भित्र खादा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको थियो । बिभिन्न जातजाती धर्म समुदायको बसोबास रहेको आरुघाट गाउँपालिका भित्र पालिकाको गरेको निर्णयले केही धार्मिक समुदायलाई प्रत्यक्ष असर पर्ने देखिएपछि बिस्तारै असन्तुष्टीको स्वर बढ्न थाल्यो ।

बिषेश गरी गाउँपालिका भित्र बसोबास गर्ने बौद्धधर्मालम्बी लगायतका आदीबासी जनजातीहरुले आफ्नो संस्कृति अनुसार धार्मिक प्रयोजनार्थ खादाको प्रयोग गर्ने परम्परा रहेपनि गाउँपालिकाले गरेको निर्णयले त्यसलाई प्रत्यक्ष अबरोध देखिएपछि बिरोध सुरु हुन थाल्यो । बुधबार अर्को सूचना जारी गरी गाउँपालिकाले अघिल्लो पटक गरेको निर्णयलाई सच्याएर खादा प्रयोगमा निषेध गर्ने निर्णय गरेपनि बौद्ध समुदाय लगायतका जनजाती समुदायले धार्मिक प्रयोजनका लागि गरिने खादाको प्रयोगमा भने रोक नलागाइएको स्पस्टीकरण दिएको छ ।

बिभिन्न सभा समारोह तथा सार्वजनिक कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएपनि धार्मिक प्रयोजनार्थ भने रोक नलगाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिनबहादुर रानाभाटद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology