Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मलामी गएका एक पुरुषलाई नदी बगाएर बेपत्ता


3.7K
Shares

गोरखामा मलामी गएका एक पुरुषलाई नदी बगाएर बेपत्ता

गोरखा, ३१ साउन : गोरखामा मलामी गएका एक पुरुषलाई नदीले बगाएर बेपत्ता बनाएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ स्थित रामशाहघाटमा पर्ने दरौंदी नदी र मस्याङदी नदीको भंगालोमा परेर मलामी एक पुरुष बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा स्थानीयबासी ५५ बर्षका भुवनबहादुर अधिकारी रहेको उहाँको भनाई छ । शव जलाएर फर्कने बेला नदीमा मुख धुन भन्दै पसेका उहाँलाई नदी एक्कासी बगाएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । बेपत्ता अधिकारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा चितवनको कुरिनटारमा रहेको बिपत ब्यवस्थापन तालिम शिक्षालयबाट गोताखेरको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

बिहान करिब ११ बजेको घटना भएको लगत्तै नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले तनहुँको आँबुखैरेनीदेखी मुग्लीनको त्रिशुली नदी वरपर खोजी गरेको भएपनि फेला पार्न नसकिएको स्थानीयबासी रित्त बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology