Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

उत्तरी गोरखामा बिओपी स्थापनाको लागि २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय


1.6K
Shares

उत्तरी गोरखामा बिओपी स्थापनाको लागि २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय

गोरखा, ३१ साउन । उत्तरी गोरखामा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गर्नका लागी २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा सशत्र प्रहरी बल नेपालको सिमा सुरक्षा पोष्ट (बिओपी) स्थापनाको लागि २० रोपनी जमिन उपलब्ध गराउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखामा सोमबार बसेको बैठकले सार्वजनिक प्रकृतिको जग्गा उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिओपी स्थापनाको लागि आवश्यक ब्यवस्थाको लागि सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धी मापदण्ड, २०७७ को दफा १० मा उल्लेखित भए अनुसारको सिफारीस समितिमा सिफारीसको लागि लेखी पाउने निर्णय भएको छ ।

बैठकले अहिले कोभिडका बिरामीको संख्या बढ्दै गइरहेकाले उपचारका लागि गोरखा अस्पतालमा १५ बेड तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाका सबै पालिकाले आ–आफ्नो पालिकाहरुमा रहेका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कोभिडका बिरामी उपचारका लागि आवश्यक वेडको व्यवस्था मिलाउन समेत अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृण्ण रानामगर, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिण्णुप्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान गोरखाका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, रिपु मर्दन गणका सेनानी प्रकाश परियार, सशत्र प्रहरी बल गोरखाका सहाय प्रहरी नायव उपरिक्षक सुजित बिष्ट, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने उपस्थिती रहेको थियो ।

यस्तै नेकपा एसका जिल्ला अध्यक्ष यादवबहादुर बस्नेत, नेपाली काँग्रेसका सचिव कृण्णबहादुर आले, मंगोल नेशनल अर्गनाइजेसन गोरखाका सचिव नबिन घले, नेकपा एमालेका कार्यालय सचिव खिलनाथ सिंखडाका र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology