Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आफै चढेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु


2.6K
Shares

गोरखामा आफै चढेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

गोरखा, २९, साउन । गोरखामा आफै चढेको ट्याक्टरबाट खसेर आज साँझ एक महिलाको मृत्यु भएको छ । पालुङटार नगरपालिकामा वडा नम्बर ४ मा पर्ने बाह्रप्रिके भन्ने स्थानमा ग १ त ४७०० नम्बरको ट्याक्टरबाट खसेर स्थानीयबासी ४० बर्षकी अन्जु सुनारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी जानकारी दिनुभयो ।

अपरान्ह्र करिब ४: ३० बजे बाह्रकिलो बजारबाट छेपेटार तर्फ गइरहेको ट्याक्टरबाट एक्कासी खसेर गम्भीर घाइते हुनुभएकी सुनारको उपचारको क्रममा चितवनमा मृत्यु भएको उहाँले बताउनुभयो । ट्याक्टरबाट खसे लगत्तै सुनारलाई सोही ट्याक्टरको पछाडीको पाङग्राले किचेको ट्राफिक प्रमुख भण्डारीको भनाई छ ।

घटना लगत्तै घाइतेलाई उद्धार गरी स्थानीय मेडिकलमा प्राथामिक उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याइएको भएपनि सुनारको उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology