Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई भदौ ५ गतेबाट कोरोना बिरुद्धको खोप लगाइने


1.9K
Shares

गोरखामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई भदौ ५ गतेबाट कोरोना बिरुद्धको खोप लगाइने

गोरखा, २९ साउन । गोरखा जिल्ला ५ बर्ष देखि ११ बर्षसम्मका बालबालिकाहरुलाई यही भदौ ५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा जिल्ला भित्रका बालबालिकाहरुलाई भदौ ५ गतेदेखि ८ गतेसम्म बिधालय बिधालयमा पुगेर कोरोना बिरुद्धको खोप लगाउने तयारी थालेको जनाएको छ । चुमनुव्री गाउँपालिका बाहेकका १० वटै पालिकाहरुका बिधालयमा स्वास्थ्यकर्मी तथा स्वयसेवकको टोली परिचालन गरी कोरोना बिरुद्धको फाइजर बायोएनेटक खोप दिन लागिएको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले जानकारी दिनुभयो ।

खोप केन्द्रमा एक जना खोप लगाउने स्वास्थ्यकर्मी बाहेक थप दुई जना स्वास्थ्य स्वयसेवक रहने छ, उहाँले भन्नुभयो, ‘त्यस पनि एक जना स्वयसेवक अनिबार्य महिला हुनुपर्ने गरी व्यवस्था मिलाएका छौ ।’ अभियानमा छुट भएका बालबालिकाहरुलाई भने नजिककै रहेको स्वास्थ्य संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिनुभयो । अभियान अन्र्तगत गोरखा जिल्लाका १० पालिका भित्रका २८ हजार १८ जना बालबालिकाहरुलाई कोराना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको उहाँको भनाई छ ।

जसमा बिधालय भित्र रहेका २७ हजार ६ सय १३ जना र बिधालय बाहिर रहेका ४ सय ५ जना बालबालिका रहेका छन् । केन्द्रीय कार्यक्रम अनुसार ९ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेपछि कार्यालयले भने जिल्लामा ८ गते भित्र खोप लगाई सक्ने गरी कार्यक्रम तय गरेको जनाएको छ । खोप अभियानमा सहभागी हुनका लागि परिवारका अभिभावकहरुले उमेरको स्वघोषणा गरेको भएपनि हुने जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिनुभयो ।

अभियान सम्पन्न गर्नका लागी जिल्लाभरका ४ सय ८३ जना स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि सकिएको कार्यालयले जनाएको छ । फाइजर बायोएनेटक खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका, दिर्घरोगी तथा कोरोना संक्रमण भएको ३० दिन नकटेकाहरुलाई लगाउन नहुने उहाँले बताउनुभयो । फाइजर बायोएनेटक खोप लगाएका बालबालिकाहरुले पुनः दोस्रो डोजको खोप २१ दिन पछि अनिबार्य लगाउनु पर्ने कार्यालयले जनाएको छ । अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यालय गोरखाका प्रमुुख नरजंग ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology