गोरखा, २९ साउन । गोरखाको पालुङटारमा हिजोराती कुटपिटबाट एक पुरुषको हत्या भएको छ । पालुङटार नगरपालिका वडा नं. ५ धरमपानीमा दई पक्ष बीच झडप हुदाँ स्थानीय ३५ वर्षका बुद्धि विकको मृत्यु भएको हो ।
शनिबार राती १० बजेतिर ठाटीपोखरीमा भएको रोपाई जात्रा हेरेर फर्किने क्रममा भएको झडपमा परी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो ।
कुटपिटबाट घाइते भएका विकलाई राती नै आँपपिपल अस्पतालमा पु¥याएकोमा अस्पतालले मृतक घोषणा गरेको थियो ।
घटनामा संग्लन रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको एसपी खनालले बताउनु भयो । एसपी खनालका अनुसार शबको पोष्टमार्टम बाँकी रहेको र अन्य अनुसन्धान समेत चलिरहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।