काठमाडौं, २८ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन त्यसैले देशभरको शिक्षा प्रणाली नै सुधार गर्नु पर्छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताउनु भयो ।
शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिबद्ध रहेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उहाचँको भनाइ रहेको छ । नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि उहाँले आग्रह गर्नु भयो ।
मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसारपछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको छ । ‘