गोरखा २२ साउन । गोरखा जिल्ला भित्रका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गोरखा टेलरिङ व्यवसायी संघले सम्मान गरेको छ । गएको बैशाख ३० गते सम्पन भएको स्थानीय तहको निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिहरुलाई संघले शनिबार सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको सस्थाका महासचिव बिकासबाबू परियार जानकारी दिनुभयो ।
संस्थाले जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगर, उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसली माया थोकर, बारपाक सुलिकोट गाउपालिकाका उपाध्यक्ष सनमाया गुरुङ , आरुघाट गाउपालिकाका उपाध्यक्ष कल्पना नेपाली, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबू थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायतलाई सम्मान गरेको उहाँले बताउनुभयो ।
त्यस्तै संस्थाले आफ्नो व्यवसायिक सदस्यहरुको व्यवसायमा टेवा पु¥याउने उद्देस्यले क्षमता अभिबृद्धी (एड्भान्स कोर्स) तालिमको पनि समेत सञ्चालन गरेको छ । तालिममा ५० जना सदस्यहरु तालिममा सहभागी रहेको महासचिव परियारले बताउनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा गोरखा उधोग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव सोमबहादुर अछामी, महासंघका संस्थापक सदस्य तथा तालिमको प्रशिक्षक धिपेन्द्र कारन्जित लगायतको सहभागिता रहेको थियो । दुवै कार्यक्रम टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।