Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ


2.4K
Shares

गोरखामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा, १९ साउन । गोरखा प्रहरीले आज लागू औषध मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । लागू औषध मुद्दामा सजाय सुनाइएका फरार अभियुक्त गोरखा नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका ४१ बर्षका राज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ परेको अभियुक्त शाहीलाई जिल्ला अदालत गोरखाले लागू औषध मुद्दामा अपराध ठहर गरी जरिवाना सहित कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका उनलाई प्रहरीले बिशेष टोली परिचालन गरेर पक्राउ गरिएको डिएसपी लामिछानले बताउनुभयो । पक्राउ परेका शाहीलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदातल गोरखामा बुझाइएको उहाँको भनाई छ ।

अदालतले उनलाई कारागार कार्यालय चलान गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला कार्यान्व्यनका लागि फरार अभियुक्तहरुको खोजीका लागि बिशेष टोली नै गठन गरी परिचालन गर्दै आएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology