गोरखा, १९ साउन । स्थानीय तहसंगको समन्वय, सहकार्य तथा साझेदारीमा सञ्चालित कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाद्धारा CRS Nepal को अर्थिक तथा प्राविधिक सहयोग तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ग, जिल्ला समन्वय समितिको उप प्रमुख लिला परियार, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला स्थित विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यस परियोजना मार्फत संस्थाले स्थानीय तह सँगको समन्वयमा खाद्य सुरक्षा तथा जिविकोपार्जन सुधार, आवास र विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । त्यस्तै परियोजनाका क्रियाकलापहरु CRS ले कोभिड १९ पछि स्थानीय तह सँगको समन्वयमा गरेको अध्ययन तथा त्यसमा अएका नतिजाका आधारमा तय गरेको हो भने परियोजनाको समग्र उद्देश्य कोभिड १९ का कारणले स्थानीय समुदायको आर्थिक असर तथा प्रभाव बाट समुदाय लाई मुक्त गर्ने तथा विपद् उत्थानशिल स्थानीय सरकार तथा समुदाय निर्माण गर्ने रहेको जनाइएको छ ।
परियोेजना मार्फत आरुघाट गाउँपालिकामा खाद्य सुरक्ष तथा जिविकोपार्जन सुधार र भिमसेन थापा गाउँपालिकाका २१४ घरपरिवारलाइ अलैची खेती विस्तारका साथ साथै अलैचीको उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी तालीम प्रदान गरेको संस्थाले जनाएको छ । आरुघाट गाउँपालिकामा जिविको पार्जन सुधार अन्तरगत गाउँपालिकासंगको स्रोत साझेदारीमा बाख्राको नश्ल सुधारका र भिमसेन थापा गाउँपालिकामा ३४ बटा बोर क्रस प्रजनन बोका वितरण समेत गरेको जनाइको छ ।
संस्थाले त्यसको व्यवस्थापन सम्वन्धी दूई दिने क्षमता विकास तालीम राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरको सहयोगमा सञ्चालन गरेको संयोजक द्रोणाचार्य तिमल्सीनाले जानकारी दिनुभयो । तालिमबाट २ पालिकाका गरि ४ सय ६ जना किसान प्रत्यक्ष लाभान्वित भएका जनाएको छ ।
परियोजनाले बहुविपद्बाट प्रभावित समुदायको आवास निर्माण सहयोग गर्ने, साथै विपद् उत्थानशिल संरचना निर्माणमा समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, विपद् जोखीम न्यूनिकरण र व्यवस्थापन सम्बन्धमा संघिय सरकारले निर्माण गरेका ऐन, नियम, नियमावली तथा कार्यविधिहरुलाई स्थानीयकरण गर्न सहयोग गर्ने र स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सूचना संकलन तथा व्यवस्थापनका स्थानीय सरकारको क्षमता विकास गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।
कार्यक्रमा सहभागिहरु मध्ये नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति यदु विलाश भट्टराई, कृषि ज्ञान केन्द्र गोरखाका भवनाथ देवकोटा, पशु सेवा विज्ञ केन्द्रका डा. शिवलाल अर्याल, जिल्ला समन्वय अधिकारी नानीबावु पोखरेलले परियोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने, सिप विकास सम्वन्धि क्रियाकलाप साथै उद्यमशिलता बिकास सम्वन्धि क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा धारण राख्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले परियोजनाले किसानको जिविकोपार्जन सुधारमा गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । उहाँले विपद् जोखीम न्यूनिकरण सम्वन्धि क्रियाकलाप सञ्चान गर्दा संरचना निर्माण जोड दिनुपर्ने बताउनुभयो । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गले संस्थाल पालिका सँगको सहकार्यमा संस्थाले स्थानीय समुदायको जिविकापर्जन सुधारका लागि गरेका कार्यहरु सकारात्मक रहेको भन्दै संस्थाको साझेदारीमा अरुपनि काम गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रम श्री स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयोजक द्रोणाचार्य तिमल्सीनाले सहजिकरण गर्नु भएको थियो ।