Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कुटपिटबाट घाइते गाेरखा बिरेनचाेकका २१ वर्षिय युवककाे मृत्यु


19.1K
Shares

कुटपिटबाट घाइते गाेरखा बिरेनचाेकका २१ वर्षिय युवककाे मृत्यु

 

गोरखा, १६ साउन। गोरखा नगरपालिका १० बिरेनचोक निवासी एक युवकको कुटपिटबाट घाइते भएको ७७ दिनमा आज निधन भएकाे छ । उपचारकाे  क्रममा रहेका २१ बर्षिय अनिस आलेमगरको आज गण्डकी अस्पताल पोखरामा निधन भएकाे हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घाटु नाँच हेरेर फर्किएका अनिसलाई स्थानिय ४ युवाहरुले गत जेष्ठ ३ गते कुटपिट गरेका थिए । घाईते अनिसको सुरुमा चितवनमा उपचार भई रहेको भएता पनि पछिल्लो समय पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

कुटपिटमा संलग्न सबै नाबालक भएको जिप्रका गोरखाले जानकारी दिएको छ । उनीहरुलाई तत्कालीन समयमा नै पक्राउ गरी अभद्र ब्यवहारमा मुद्वा चलाएर जिल्ला प्रशासनले धरौटीमा रिहा गरेको थियो ।

अस्पतालमा प्रारम्भीक प्रतिवेदन अनुसार मृत्तक अनिसको कलेजोमा पानी जमेको देखिएको छ । यता घटनामा संलग्नहरुको पक्राउका बिषयमा मृक्तकको पोष्टमार्टम रिर्पोट नआउदासम्म केही भन्न नसकिने प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयाे ।

खनालका अनुसार पोष्टमार्टम रिर्पोट प्राप्त हुनासाथ पक्राउ गर्न आवश्यक भएको खण्डमा तत्कालै नियन्त्रणमा लिने बताउनु भयाे। तारेखमा रिहा भएका नाबालकहरुले मृत्तक अनिसको अहिलेसम्मको उपचारमा खर्च भएको रकम ब्यर्होदै आएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology