Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाँउपालिकामा भोली सार्वजनिक विदा


2.2K
Shares

सिरानचोक गाँउपालिकामा भोली सार्वजनिक विदा

गोरखा , १५ साउन । गोरखाको सिरानचोक गाउँपालिकामा भोली १६ गते सार्वजनिक विदा दिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०६औ स्मृति दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँसभाको निर्णय अनुसार तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा वि.स १८३८ मा चौविसे राज्यहरुसगँ लडाईमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल तथा नेपालको एकिकरणको लागि महान भुमिका खेल्नु भएका अमरसिंह थापाको २०६ औं स्मृति दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं ६ गाँखु स्थित अमरसिंह पार्कमा विविध कार्यक्रम गरी थापाको स्मृति दिवस मनाइने हुदाँ सम्पूर्ण पालिकावासीहरुलाई कार्यक्रममा सहभागी भईदिनुहुनको लागि समेत उहाँले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology