गोरखा, १२ साउन। यसबर्षको एसईई परिक्षामा गोरखा सदरमुकामको द ओल्ड क्यापिटल माध्यामिक विधालयकी मनिका सिर्मलले चार जिपिए ल्याउन सफल हुनु भएको छ ।
हिजो बुधबार राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको २०७८ को एसईई परिक्षाको नतिजामा सिर्मलले ४ जिपिए प्राप्त गर्नु भएको विद्यालयका प्रधानाध्यापक जनक केसीले जानकारी दिनुभयो ।
सिर्मल जिल्लाभरमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल भएको उहाँको दाबी छ ।
यता शिक्षा विकास तथा समन्वय इकाई गोरखाकाले पनि गत बर्ष गोरखाबाट एसईई परिक्षा दिने ४ हजार ९ सय ५ जनामध्ये ओल्ड क्यापिटलकी सिर्मलले मात्रै ४ जिपिए प्राप्त गरेको बताइएको छ ।
देशरबाट यस बर्ष सिर्मलसहित ४२ जनाले मात्रै ४ जिपिए ल्याएको परिक्षा बोर्डले जनाएको छ ।