Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा फरार ७ अभियुक्त पक्राउ


5.4K
Shares

गोरखामा फरार ७ अभियुक्त पक्राउ

गोरखा, ११ साउन । गोरखामा फरार ७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिन कैद तोकिई फरार रहेका पालुङटार नगरपालिका वडा नं.३ बस्ने बर्ष ३२ को शम्भु बयलकोटी र सोही ठाँउ बस्ने बर्ष २५ को डिल्लीराम नेपाली र जुवा मुद्दाका ५ जना गरी ७ जनालाई प्रकाउ गरिएको डिएसपी लिलाराज लामिछाने जानकारी दिनुभयो ।

प्रकाउ परेकाहरुलाई कैद जरिवाना असुल उपरको लागि आजै गोरखा जिल्ला अदालत गोरखा पठाईएकोमा जुवा मुद्दामा फरार अभियुक्तहरुलाई तोकिएको जरिवाना वापतको रकम दाखिला गरी रिहा गरिएको डिएसपी लामिछाने बताउनु भयो ।

कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्तहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology