गोरखा, ११ साउन । गोरखामा मिनिट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
गोरखाबाट आबुखैरेनी तर्फ जादैँ ग १ क ४९२० को नम्बरको कुखुरा बोक्ने मिनिट्रक र विपरित दिशाबाट आउदै गरेको ध १ प २०७८ नम्बरको मोटरसाइकल आज दिउँसो २ः४० बजे गोरखा नगरपालिका ८ खोलखोलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक भिमसेन थापा गाँउपालिका ६ का भब बहादुर थापा मगर गम्भीर घाइते हुनु भएको जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिनुभयो ।
घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारकालागि चितवन मेडिकल कलेज रिफर गरिएको उहाँले बताउनु भयो ।
घाईते मगर शसस्त्र प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । मिनिट्रक र चलकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।