Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जिल्ला अदालत गोरखा कार्यसम्पादनमा गण्डकी प्रदेशकै उत्कृष्ट


6.8K
Shares

जिल्ला अदालत गोरखा कार्यसम्पादनमा गण्डकी प्रदेशकै उत्कृष्ट

गोरखा ११ साउन । गोरखा जिल्ला अदालत कार्यसम्पादन मूल्याङकनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । कार्य सम्पादनका आधारमा प्रदेशका ११ जिल्ला मध्ये गोरखा उत्कृष्ट भएको जिल्ला अदालतका श्रेष्तेदार गोकर्णराज पन्तले जानाकारी दिनुभयो ।

फैसला कार्यान्वयन, मुद्दा फस्र्योट, स्थानीय निकायको निरीक्षण, १८ महिना नाघेका मुद्दा बाँकी नहुनु, बालवालिका सम्बन्धी मुद्दा बाँकी नहुनु, अदालतको कार्य सम्पादनका बिभिन्न सूचकका आधारमा भएको मूल्याङ्नमा गोरखा जिल्ला अदालत उत्कृष्ट भएको उहाँले बताउनु भयो ।

उत्कृष्ठ भए बापत जिल्ला न्यायधीश दिलबन्धु बराललाई उच्च अदालतका मूख्य न्यायाधीश डिल्लीराम आचार्यले प्रशंसा पत्रद्धारा सम्मान गरेको छ । मुद्दा फस्र्यौट संख्याको आधारमा भने जिल्ला अदालत प्रदेशको तेस्रो स्थानमा रहेको स्रेस्तादार पन्तले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology