गोरखा, ११ साउन । गोरखाका एक युवक मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको छ । पालुङटार नगरपालिका घर भएका बिशाल सुनार मंगलबार साँझ आफैले चलाएको मोटरसाईकल दुर्घटनामा परि घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्ग अन्र्तगत पर्ने व्यास नगरपालिका–१ तालघरे नजिक तनहुँको डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ग २० प ११२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ । घाइते सुनारको अहिले पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरि उपचार भैरहेको प्रहरीले जनाएको छ ।