गोरखा । गोरखामा अब राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै ब्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब वडा तहबाटै परिचयपत्रका लागि विवरण संकलन गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सोमबार जनप्रतिनिधि, कर्मचारी लगायतसँग अन्तक्र्रिया गर्दै विवरण संकलनको प्रक्रियाबारे जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एउटा वडामा कम्तिमा २ वटा टोली खटाइने जानकारी दिनुभयो ।
टोलीमा विभागबाट खटिएका कम्प्युटर अपरेटर सहित सम्बन्धित वडाको सचिव र एक जना स्वयम्सेवक खटिनेछन् ।
तत्काल राष्ट्रिय परिचयपत्र लिन चाहने नागरिकले तोकिएको प्रक्रिया पूरा गरि वडामा स्थापना हुने स्टेशनमा आफ्नो विवरण अभिलेखीकरण गर्न सक्ने उहाँले बताउनु भयो ।
गोरखाका ११ वटै पालिकामा आगामी असोज मसान्तसम्ममा विवरण संकलन गरिसक्ने लक्ष्य रहेको भट्टराईको भनाई छ । कार्यक्रममा प्रत्येक स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।