Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक बिदा


9.2K
Shares

भीमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

गोरखा, ७ साउन ।  गोरखाको भीमसेन थापा गाउँपालिकाले यही साउन ९ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले भीमसेन थापाको जन्मजयन्तीको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाको दिन पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो । जन्मजयन्तीको अबसरमा साउन ९ गते राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रम सहभागिताका लागि गाउँपालिकाले सवैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology