कास्की, ४ साउन । फुस्रेखोलाले बगाउदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट घर भएका २४ वर्षका विवेक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुई साता अघि मात्रै पोखरा आएका गुरुङ आफ्ना चार जना साथीभाइसँगै फुस्रे खोला पौडी खेल्न गएका बेला खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
खोलाले बगाउँदै गरेको अवस्थामा देखेपछि दुई जना स्थानीयले विमललाई खोलाबाट निकालेर बाहिर ल्याएका थिए । बाहिर ल्याएपनि त्यतिबेला उनको मृत्यु भइसकेको थियो । विवेकको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
विमलको शवलाई पोष्मार्टमपछि आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीका निमित्त प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयो ।