Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा फेरि कोरोना भेटियो : एक महिलामा संक्रमणको पुष्टी


8.8K
Shares

गोरखामा फेरि कोरोना भेटियो  : एक महिलामा संक्रमणको पुष्टी

गोरखा ३ साउन । गोरखा जिल्लामा लामो समयपछि फेरि एक जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण भएकी महिला पालुङटार नगरपालिकाकी २१ बर्षिया महिलामा भएको पुष्टी भएको छ ।

बिरामी भएर गोरखा अस्पतालमा उपचार गराउन आएकी ति महिलाको एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण देखिएको गोरखा अस्पतालमा सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । स्क्रब टाईफस भएर ति महिला उपचार को लागि आएको र सोमबार एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको अधिकारी ढकालले बताउनुभयो ।

ति महिलाको स्क्रब टाईफसको परिक्षण आईजिजी गर्दा पत्ता लागेको गोरखा अस्पतालले जनाएको छ । महिलालाई घरमा नै सुरक्षित बस्ने गरी सोमबार नै अस्पतालले डिस्र्चाज गरेको हो । कोरोना पोजेटिभ देखिएका ति महिला सामान्य अवस्थामा रहेको पनि अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology