Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बोलेरो जीपको ठक्करबाट एक युवतीको मृत्यु


11.8K
Shares

गोरखामा बोलेरो जीपको ठक्करबाट एक युवतीको मृत्यु

गोरखा, २ साउन : गोरखामा बोलेरो गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने भच्चेक सडक खण्डमा छेप्राकबाट भच्चेक तर्फ जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जीपले बिपरित दिशाबाट आइरहेको बा ३ प ४८१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलको पछाडी यात्रा गर्ने २३ बर्षकी मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिका वडा नम्बर २ स्थायी घर भएकी गुरुङको जीपको ठक्करबाट घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक ३५ बर्षका मनराज गुरुङ घाइते हुनुभएको छ । घाइते गुरुङको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मोटरसाईकललाई ठक्कर दिने बोलेरो जीप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology