गोरखा, ३० असार । नेपाल निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसरमा २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा हिजो सदरमुकाममा एक कार्यक्रम आयोजना गरी ८ जना जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको समाजका सचिव रामबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मानित हुनेहरुमा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, गोरखा नगरपालिका वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ, जिल्ला समन्वय समितिका सदस्य शिव रेग्मी, भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती, गण्डकी गाउँपालिका वडा नं ६ का अध्यक्ष यामबहादुर थापा, शहिदलखन गाउँपालिका वडानं ७ का अध्यक्ष दिलिपनारायण थापा, बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का रुद्रप्रसाद अंगाई रहनु भएको छ ।
समाजका अध्यक्ष बमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कपिलबाबु अर्याल, प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख रामबहादुर अधिकारी, निवृत्त शिक्षक शिवराम कट्टेल, नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय उपाध्यक्ष गेहेन्द्रराज बिष्ट, रहमतुल्ला मियाँ, कृष्णबहादुर राना, मोहनबहादुर थापा, शिक्षक संघका सचिव लक्ष्मण आचार्य, नेपाल शिक्षक महासंघ गोरखाक कार्यवाहक अध्यक्ष राजन कट्टेल लगायतले मन्तब्य राख्नु भएको थियो।