गोरखा, २९ असार । गोरखा कारागारका कैदी बन्दीहरुलाई प्युरो फिल्टर सहयोग प्रदान भएको छ ।
गोरखा नगरपालिका वडा नं ६ स्थित कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुलाई स्वच्छ खाने पानी व्यवस्थाको लागि रोटरी र रोट्याक क्लव अफ गोरखाले प्युरो फिल्टर सहयोग प्रदान गरेको हो ।
आज एक कार्यक्रम गरी रोटरी र रोट्याक क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनाललाई प्यूरो फिल्टर हस्तान्तरण गर्नुभएको हो ।
सोही कार्यक्रमका बीच क्लबबाट प्राप्त सो प्युरो फिल्टर प्रहरी उपरीक्षक खनालले सोही कारगारका महिला बन्दी गृहमा रहनु भएकी जमुना तामाङलाई हस्तान्तरण गर्नु भएको जनाएको छ ।