गोरखा, २८, असार । गोरखामा पहिराले पुरिएर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ जंगलमा दाउरा काट्न गएका ८० बर्षका सुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुख्खा पहिरो खसेर गुरुङ पुरिएका थिए । घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरीको टोलीले गुरुङको उद्धार गरेको भएपनि मृत्यु भईसकेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गुरुङको शव पोष्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।