गोरखा २९, असार । गोरखामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परि गोरखा नगरपालिका ५ पस्लाङमा घर भएका २५ बर्षका प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल काँडेतारबारमा अल्झेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका थापामगरको उपचारको क्रममा मृत्यू भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।