Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सांसद अधिकारीले दिए बकर इदको सम्पूर्ण मुस्लिम धर्मालम्बीलाई शुभकामना


2.5K
Shares

सांसद अधिकारीले दिए बकर इदको सम्पूर्ण मुस्लिम धर्मालम्बीलाई शुभकामना

गोरखा, २६ असार । गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारी (कुमार) ले मुस्लिम धर्मालब्धीहरुको दोस्रो ठूलो पर्व बकर इद (इदुल अजाह) को शुभकामना व्यक्त गर्नुभएको छ । सांसद अधिकारीले आइतबार एक शुभकामना वक्तव्य जारी गर्नुहुदै सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुलाई बकर इदको अबसरमा शुभकामना दिनुभएको हो।

उहाँले रमजान पर्वको ७० औं दिनमा मनाइने बकर इद पर्वले सम्पूर्ण मुस्लिम समुदायको आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नेछ भन्ने बिश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना वक्तव्यमा सांसद अधिकारीले बिभिन्न भाषा, धर्म र सांस्कृतिक बिबिधताले भरिपूर्ण नेपालमा यस्ता खालका पर्वले समाजबादी यात्राको दौरानमा परस्पर आपसी सम्बन्ध र सामाजिक बिकासको भावना सुदृढहुने जाने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology