गोरखा, २१ असार । रोटरी क्लब अफ गोरखा र रोट्रयाक क्लब अफ गोरखाले आज संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बर्ष २०२२/०२३ का अध्यक्षहरुलाई एक कार्यक्रमा बिच पदस्थापन गरिएको रोटरी क्लब अफ गोरखाले जनाएको छ ।
गोरखा सदरमुकाममा भएको कार्यक्रममा बर्ष ०२१/०२२ का अध्यक्ष बिशाल रानामगरले बर्ष ०२२/०२३ का अध्यक्ष कृष्ण ढकाललाई पद हस्तान्तरण गर्नुभएको छ । त्यस्तै गरी रोट्रयाकका बर्ष ०२१/०२२ का अध्यक्ष समिर श्रेष्ठले बर्ष ०२२/०२३ का अध्यक्ष निरञ्जन कट्टेललाई पद हस्तान्तरण गरिएको क्लबका काजिराम श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको डिस्ट्रीक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनले मैन बत्ती बालेर उदघाट्न गर्नुभएको थियो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शहिद लखन गाउँपालिका प्रमुख रमेशबावु थापामगर र भीमसेन थापा गाउँपालिका प्रमुख लोक प्रसाद बञ्जाराको समेत बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा बर्ष ०२२/०२३ का अध्यक्षद्वय ढकाल र कट्टेललाई गन गाबेल सहित पद हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ गोरखाको बर्ष ०२२/०२३ का लागि अध्यक्षमा कृष्ण ढकाल, आईपिपीमा बिशाल रानामगर, पिई ज्ञानहरी अर्याल, पिएन बिनोद बस्नेत, भिपी रामस्वरुप श्रेष्ठ, सेक्रेटरी अन्जनबावु खत्री, ट्रेजरर अजितरमण खनाल र ज्वाई सेक्रेटरीमा संगमबावु श्रेष्ठ चयन भएको क्लबले जनाएको छ ।
त्यस्तै गरी, कृष्णप्रसाद ढकाल, काजीराम श्रेष्ठ, कुशललाल श्रेष्ठ, सुरेन्द्र कुवर, लक्ष्मी खत्री श्रेष्ठ, काशिनाथ अंगाई र पवनरमण खनाल समेत समितिको विभिन्न पदमा चयन भएका छन् । दुवै क्लबले जिल्लाको विभिन्न क्षेत्रमा सामाजिक काममा सक्रियता देखाउदै आएको छ ।