गोरखा, २५ असार । गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ । क्याम्पसले गुणस्तर परीक्षणका सवै चरणहरु पार गरि शैक्षिक गुणस्तर सुनिश्चिता प्राप्त गरेको बिश्व बिधालय अनुदान आयोगले जनाएको छ ।
शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसका आधारमा विश्वविद्यालय अनुदान आयोगले द्रव्यशाहलाई गुणस्तर सुनिश्चिता प्रत्यायन प्रदान गर्ने निर्णय गरेको हो । गणस्तर सुनिश्चिता प्राप्त गर्ने द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाको पहिलो शैक्षिक संस्था बनेको छ ।
क्यएए संसारभरका विश्वविद्यालयमा स्वीकार गरिएको शैक्षिक गुणस्तरको मान्यता हो । यो संगै अब द्रव्यशाह बहुमुखी क्याम्पसबाट उर्तिण बिधार्थीहरुको प्रमाणपत्र विश्वका जुनसुकै विश्वविद्यालयमा पनि मान्य हुनेछ
। आयोगले द्रव्यशाह बहुमुखी क्याम्पससंगै नेशनल कलेज अफ कम्युटर स्टडिज काठमाण्डौ, मस्र्याङदी बहुमुखी क्याम्पस लम्जुङ, तेजगंगा बहुमखुी क्याम्पस, काभ्रे, चतुरभुजेश्वर जनता बहुमखुी क्याम्पस सर्लाही, जनज्वोती बहुमुखी क्याम्पस सर्लाही, सिद्धज्वोती शिक्षा क्याम्पस सिन्धुली, मंगलबारे बहुमुखी क्याम्पस इलामलाई पनि गुणस्तर सुनिश्चिता प्रदान गरेको छ ।
गुणस्तर सुनिश्चिता प्राप्त गरेका द्रव्यशाह बहुमुखी क्याम्पस सहितका सवै शैक्षिक संस्थालाई यही असार २९ गते आयोगले प्रमाण पत्र प्रदान गर्ने आयोगका क्युएए डिभिजन निर्देशक डा.ऋषिकेश पाण्डेले जानकारी दिनुभयो ।