Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

साविक गोरखा घर भएका जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ


8K
Shares

साविक गोरखा घर भएका जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ

गोरखा, २४ असार । साविक गोरखा घर भई जबरजस्ती करणी गरी फरार रहेका एक शिक्षक दश वर्षपछि पक्राउ गरेको छ।।

साविक गोरखा नगरपालिका—७ घर भएका ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनु भयो। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्।

उहाँका अनुसार ढकाललाई शुक्रबार भरतपुर नगरपालिका—१५ पिठुवाबाट पक्राउ गरेको हो।

ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतोले बताउनु भयो।

उच्च अदालत कास्कीले ढकाललाई पाँच वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर उक्त फैसलापछि उनी फरार थिए।

प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology