Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ


2K
Shares

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं, २४ असार । सल्यानमा एक १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । कुमाख गाउँपालिका—१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।

बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।

घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology