Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ जना घाइते


10.7K
Shares

काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ जना घाइते

रामेछाप, २१ असार । रामेछापमा आज भएको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका ५ मा बिहान बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

बस दुर्घटना हुदा घटनास्थलमै ९ जना मृत्यु भएको छ भने २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी राजकुमार थिङले जानकारी दिनुभयो ।

घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । बस रामेछापबाट काठमाण्डौं जादै गरेको थियो । दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology