Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नगरप्रमुख रानाको निर्देशनपछि सूचारु भयो अबरुद्ध कुलो, खेतमा पानी पुगेपछि किसान खुशी


3.2K
Shares

नगरप्रमुख रानाको निर्देशनपछि सूचारु भयो अबरुद्ध कुलो, खेतमा पानी पुगेपछि किसान खुशी

गोरखा, २० असार । लामो समयदेखि पहिरो खसेर अबरुद्ध भएको गोरखा नगरपालिका वडा नम्बर १० पर्ने ठूटे बजारको कुलो माथि खसेको पहिरो हटाएपछि सञ्चालनमा आएको छ । स्थानीय कृषकहरुले कुलो सञ्चालन नुहदा खेत रोपाई गर्न नपाएको गनुासो गरेपछि नवनिर्वाचित गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर आफै अनुगमनमा पुगेर कुलो सञ्चालनमा ल्याउन आबश्यक  निर्देशन दिनुभएको थियो ।

गएको असार १३ गते नगरपालिकाका प्रमुख प्रशासकिय अधिकतृ ज्ञाननाथ ढकाल, वडाध्यक्ष प्रदिप कुँवर सहित प्राबिधिको टोली लिएर पहिरोले क्षति पुगेको क्षेत्रको अनुगमन गरी उहाँले कृषकहरुले तत्काल रोपाई गर्न सक्ने गरी पहिरो खुलाउन निर्देशन दिदै त्यसका लागि आबश्यक पर्ने रकम व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘ जनताको जनगुनासो हल गर्नु नगरपालिकाको काम हो, नगरप्रमुख रानामगरले भन्नुभयो, कुलोलाई दिर्घकालिन रुपमा सूचारु गर्नुपर्ने आबश्यक रहेछ तर पहिलो प्राथामिकता तत्काल खेत रोप्ने बातावरण बनाउनु भएकाले हामीले त्यो काम पूरा गरेका छौ ।’

नगरप्रमुख रानामगरले कुलोलाई दीर्घकालीन रुपमा सुचारु गर्नका लागि नगरपालिकाको तर्फबाट बजेट बिनियोजन गर्ने समेत बताउनुभयो । कुलो सञ्चालनमा आएपछि खेत रोपाई गर्न पाइने भएपछि स्थानीय कृषकहरु पनि खुशी भएका छन् । अबरुद्ध कुलो निर्माणका लागि वडा नम्बर १० का वडाध्यक्ष कुँवर समेत निरन्तर लाग्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology