Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

धार्चे गाउँपालिकाको केन्द्रमा इन्टरनेट सेवा अवरुद्ध बनेपछि खोर्लाबेसीबाट सेवा दिन सुरु


2.2K
Shares

धार्चे गाउँपालिकाको केन्द्रमा इन्टरनेट सेवा अवरुद्ध बनेपछि खोर्लाबेसीबाट सेवा दिन सुरु

गोरखा, १७ असार । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्रमा इन्टरनेट सेवा अवरुद्ध बनेपछि खोर्लाबेसीबाट सेवा दिन सुरु गरेको छ।

इन्टरनेट सेवा अवरुद्ध हुदाँ विद्युतिय प्रक्रियाबाट भुक्तादी दिन, अन्य कागजात तयार गर्न समस्या भएपछि बिहीबारदेखी खोर्लाबेसीबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रुलबहादुर आलेले जानकारी दिनुभयो ।

माछाखोलामा राम्रोसँग नेट नचलेसम्म खोर्लाबेसीबाटै सेवा दिइने उहाँले जानकारी दिनु भयो। सबै काम माछाखोलाबाट भइरहेको र मुख्य चार/पाँच जना मात्र खोर्लावेशी आएर काम गरिरहेको उहाँले बताउनु भएको छ ।

उहाँका अनुसार सेवाग्राहीलाई दोहोरो हिड्न नपर्ने गरी फाइल खोर्लावेशी ल्याउने र माछाखोलामा पु¥याउने काम कर्मचारीले नै गर्दै आएको बताउनु भयो। कागजपत्र पूरा भएपछि चेक सबै माछाखोलामा नै लगेर बाँड्ने गरेको उहाँको भनाइ छ । पालिकाको हालसम्म करिब २० प्रतिशत भुक्तानी दिन बाँकी रहेको उहाँले बताउनु भयो ।

माछाखोलामा इन्टरनेट कनेक्सनका लागि विद्युत र इन्टरनेटको प्राविधिकलाई समेत खबर गरिसकेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । उहियामा रहेको नेपाल टेलिकमकको टावरमा समस्या आएका कारण माछाखोलामा इन्टरनेट अवरुद्ध भएको र टावरको अवस्था बुझन माछाखोलाबाट एक जना प्राविधिक पठाइसकेको उहाँले जानकारी दिनु भयो ।

आउँदो असार २४ गतेसम्म बिल भरपाई फस्यौट तथा भुक्तानी दिइसक्नुपर्ने कानूनी सीमा रहेकोले पालिकाका केही कर्मचारीहरु खोर्लाबेसी गएर पालिकाको काम थालेको प्रमुख प्रशासकिय अधिकृत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology