गोरखा, १४ असार । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा कालमाटीमा चितुवाको आतंक बढेको छ ।
गएराती चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ । बिहान गोठमा गएर हेर्दा पाडापाडी मरिरहेको भेटेको भिमबहादुरले जानकारी दिनुभयो ।
भिमबहादुर छोरा संकर नेपालीका अनुसार सोही गोठमा अहिले सम्म सातवटा बस्तुभाउ चितुवाले मारिसक्यो बताउनु भयो ।
घर भन्दा पर केही कोल्टो ठाउँमा गोठ रहेको र चितुवाले जनावरलाई सँधै रातको समयमा आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् । चितुवाले जनावर माथि आक्रमण गर्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् ।