Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्व साता ब्यापी कार्यक्रम सम्पन्न


1.9K
Shares

गोरखामा लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्व साता ब्यापी कार्यक्रम सम्पन्न

गोरखा, १२ असार। लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्वको साता ब्यापी कार्यक्रमको समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र अन्य सरोकार वाला निकायहरुले अन्तराष्ट्रिय दिवशको अवसरमा आयोजित साता ब्यापी कार्यक्रमका आज समापन गरेको हो ।

समापन कार्यक्रम अन्तरर्गत आइतबार जिल्ला प्रशासन कार्यालय गेटबाट निष्किएको रयालीले बजार परिक्रमा पछि पुनः प्रशासनमा नै आएर कोण सभा गरी सम्पन्न गरिएको थियो ।

कोण सभालाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी शंकरीहरी आचार्यले ‘कुनै अमुक देशमा राजतन्त्रको बिरोध नगरुन भनेर सर्व साधारणलाई अफिम खुवाउने र निर्वाध रुपमा राज्य संञ्चालन गर्न पाईयोस’ भन्ने अवधारणा रहेकोमा त्यसको दुरुपयोग भएर अहिले समाज दुब्र्यशनीमा फसेको बताउनु भयो ।

उहाँले ‘लागु औषध भुषको आगो’ भएको भन्नु हुदैं सबैले आफ्नै घरबाट नियन्त्रण गर्नु अहिलेको आवश्यता भएको बताउनु भयो ।

जिल्लाको केही औषधी ब्यवसायीले डाक्टरको सिफारीस बिना लागु औषधका रुपमा प्रयोग हुने औषधी बिक्री हुदा समस्या भएको भन्दै मेडिकल सञ्चालकहरुलाई डाक्टरको सिफारीस बिना त्यस्ता प्रकृतीको औषधी नदिन प्रजिअ आचार्यले आग्रह समेत गर्नु भएको छ।

रयालीमा नेपाल प्रहरी, शसत्र प्रहरी, सामुदायिक सेवा केन्द्र, रेडक्रस, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश गोरखा, औषधी ब्यवसयी संघ तथा अन्य सरोकार वाला निकायहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology