Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मसेलका २५ घरघुरी सिमान्तकृत बराम समुदायलाई जिपिकोपार्जनका लागि सहयोग


6K
Shares

मसेलका २५ घरघुरी सिमान्तकृत बराम समुदायलाई जिपिकोपार्जनका लागि सहयोग

गोरखा, १२ असार :  गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा २५ घरघुरीका सिमान्तकृत बराम समुदायलाई जिबिको पार्जन कार्यक्रम अन्र्तगत सहयोग प्रदान गरिएको छ । वडा कार्यालयको पहलमा कृषि ज्ञानकेन्द्र गोरखाको जिविको पार्जन कार्यक्रम अन्र्तगत बराम समुदायका कृषकहरुको आर्थिक आयआर्जन बृद्धिका लागि सहयोग प्रदान गरिएको वडाध्यक्ष बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रले शनिबार एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरि कार्यक्रमबाट लिन सकिने लाभका बिषयमा जानकारी समेत गराएको छ ।

माझथोक साना किसान कृषि सहकारी अन्र्तगतको समुहलाई कार्यक्रम अन्र्तगत प्रति परिवार करिब २५ हजा रुपैया बराबरको प्लाष्टिक टनेल,  २ सय मिटर पाइप, तरकारीको मिनिकिट विउ स्प्रे र एभोगाडो, कागतीको बेर्ना लगायतका फलफुलका बिरुवा तथा धनियाँ, काउली, ब्रो काउली लगायतका अन्य तरकारीका बिउ समेत वितरण गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अभिमुखीकरण कृषि ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology