गोरखा, ७ असार । जिल्ला प्रहरी कार्यालयले गोरखाद्धारा लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गोरखा नगरपालिका १० छेपेटारमा आज (मंगलवार) ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ बिहस्कार’ भन्ने नारा सहित ‘ शान्त एवम सुरक्षित समाज निर्माण’ का लागि लागू औषध नियन्त्रणमा आमाहरुको भूमिका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको उक्त कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो ।
उपस्थित सबैलाई आफ्ना छोराछोरीलाई लागु औषध द्रुब्यसनीबाट कसरी टाढा राख्ने तथा द्रुब्यसनीमा लागेकालाई छुटाउन के गर्ने भन्ने बारे प्रमुख प्रहरी उपरीक्षक केदार खनाले प्रशिक्षण गराउनु भएको थियो।
जिल्ला प्रशासन कार्यालय गोरखाले लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा साताब्यापी कार्यक्रम गर्ने निर्णय गरे अनुसार प्रहरीले त्यहाँ प्रशिक्षण कार्यक्रम गरेको हो ।

दिबसको अवसरमा असार १२ गते बिहान सदरमुकाममा प्रभातफेरी गरिँदैछ ।