गोरखा, ६ असार । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ यारुवगर स्थित यारुखोलाले बगाएर एक युवक बेपत्ता बनेको छ । खच्चड बचाउने क्रममा चुमनुब्री गाउँपालिका ३ सिर्दिबासका माइला गुरुङलाई खोलाले बगाएर बेपत्ता भएको हो ।
यारु बगरमा रहेको बुढी गण्डकी खोला तर्ने क्रममा खच्चड बगाएको भन्दै नदीमा हामफालेका गुरुङलाई पनि खोलाले बगाएको स्थानियले जानकारी दिएको छ ।
गुरुङको स्थानिय र आफन्तहरुले खोजी गरिरहेको भएता पनि सोमबार बिहानसम्म फेला नपरेको सिर्दिबास प्रहरीले जनाएको छ । गुरुङलाई आइतबार दिउँसो नदीले बगाएको थियो ।
खच्चड र गोठालो माछाखोलाबाट सामान लिएर उत्तरी गोरखा जादै गरेको प्रहरील जनाएको छ । गुरुङको खोजी सोमबार बिहानैदेखी प्रहरी, आफन्त र स्थानियले गरिरहेका छन् ।