गोरखा, ४ असार । गोरखा सेवा समाजद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विधालय प्रथम भएको छ ।
गोरखा सेवा समाज कतार र नेपालको आयोजनामा पालुङटार नगरपालिकाको खोप्लाङमा रहेको अन्नपुर्ण माविमा भएको हाजिरी जवाफमा आँपपिपलको जनता मावि प्रथम भएको हो । यस्तै मिरकोटको मिरकोट मावि द्धितिय र खोप्लाङको अन्नपुर्ण मावि तृतिय भएको गोरखा सेवा समाज कतारका अध्यक्ष एवं कार्यक्रम संयोजक रामजी खत्रीले जानकारी दिनु भयो ।
नगर भित्रको ७ स्कुलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ५, ३ र २ हजार नगद साथै प्रमाण पत्र र सहभागी स्कुललाई मायाँको चिनो प्रदान गरिएको गोरखा सेवा समाज नेपालका अध्यक्ष इमान जंङ्ग बानियाँले बताउनु भयो ।
हाजिरी जवाफ प्रतियोगितामा धर्मोदय मावि, युनाइटेड बोडिङ, अमर ज्योति मावि, लक्ष्मी मावि, जनता मावि, अन्नपुर्ण मावि र मिरकोट माविले सहभागीता जनाएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई, गोरखा सेवा समाज नेपालका अध्यक्ष इमान जंङ्ग बानियाँ, गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीका साथै समाज कतार तथा नेपालका पदाधिकारीहरु तथा सम्वन्धीत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।