Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकामा विवरण दर्ता शिविर सुरु


3.9K
Shares

गोरखा नगरपालिकामा विवरण दर्ता शिविर सुरु

गोरखा, २ असार । गोरखा नगरपालिका गोरखाले हिजोवाट नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने, विवरण दर्ता गराउने तथा गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन सुरु गरेको छ ।

नागरिकलाई घर दैलो नजिकवाट सेवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको नगर पमुख कृष्ण वहादुर रानाले वताउनु भयो । उपमेयर मोसली माया थोकरका अनुसार १४ वटै वडाको विभिन्न ४२ ठाउँवाट सेवा प्रवाह हुने बताउनु भयो । तोकिएको प्रत्येक ठाँउवाट जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वसाईसराई र सम्वन्ध विच्छेदको अभिलेखिकरण गर्ने गरि शिविर अगाडी वढाएको साथै यसले जनतालाई वडा र नगरपालिका आइरहने झन्झटवाट सहज हुने उहाँले बताउनु भयो ।

सामाजिक विकास अधिकृत विजय भक्त तिवारीले यसलाई अभियानको रुपमा अगाडी वढाई सवै कागजातलाई अनलाइन प्रणालीमा लैजान लागेको जानकारी दिनु भयो । हिजो २ गतेवाट सुरु भएको कार्यक्रम १३ गते समापन हुने उहाँले वताउनु भयो । जस अनुसार असार २ र ३ गते वडा नं. १ मा छापथोक सामुदायिक भवन, पौवाडाँडा खोप केन्द, ताप्ले मानपुर सामुदायिक भवन, वडा नं. ६ मा वोसेपानी भवन, रानी पाखरी, विसे नगर्ची चोक र वडा नं. १२ मा रानीटार पार्क, किलो वन अफिस, दरै टार पार्क मा आयोजना हुनेछ ।

त्यसैगरि असार ५ र ६ गते वडा नं. २ पौवा वन अफिस, गौरी शकर टोल नमुना भवन, वडा नं. ८ मा आहाले भन्ज्याङ्ग, सुर्योदय प्राथमिक विद्यालय आमडाडा, रानीश्वाँरा आयुर्वेद चौतारा र वडा नं. १३ मा सिम्ले स्वास्थ्य सामुदायिक भवन, वनदेवी प्राथमिक विद्यालय वैतारी, मझुवा प्रहरी अफिसवाट सेवा प्रवाह हुने वताएको छ ।

त्यसै गरि असार ७ र ८ गते वडा नं. ३ मा विनिखोला, विन्दावासीनी विद्यालय, पडेनी चौतारा, वडा नं. ७ मा मान्देढुगा सामुदायिक भवन, हिलेपोखरी सामुदायिक भवन, भाङ्गवारी शतिपिपल, र वडा नं. १४ को गोप्लिङ्ग, याङ्गकोट, भट्टवेशी, प्युघरवेशी मा आयोजना हुने जनाएको छ ।

साथै असार ९ र १० गते वडा नं. ४ पुतली वगैचा, कुवापानी सामुदायिक भवन, नवदुर्गा आधारभुत विद्यालय, वडा नँ ५ गोरखकाली विद्यालय, चिल्ड्रेन पार्क, शिवशक्ति विद्यालय र वडा नं. ११ पशु सेवा कार्यालय, भुराजवृक्ष आधारभुत विद्यालय, वडा नं. ११ हेल्थ पोष्टमा आयोजना हुने नगरपालिकाले जनाएको छ भने असार १२ र १३ गते वडा नं. ९ ठिगुरेश्वारा शान्तीनगर महिला समुह भवन, काफ्ले महिला समुह भवन, सिर्दी र वडा नं. १० को छेवेटार तारा मावि हल, समीचौर टोल विकास भवन, विरेन्चोक माविमा हुने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology