Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा गोठालो गएर फर्कदै गर्दा खोलाले बगाएर एक युवक बेपत्ता 


21.3K
Shares

गोरखामा गोठालो गएर फर्कदै गर्दा खोलाले बगाएर एक युवक बेपत्ता 

गोरखा, २ असार  ः  गोरखामा खोलाले बगाएर एक युवक बेपत्ता हुनुभएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर–६, स्थित आँपचौरका २१ बर्षका बिशेष मगरलाई खोलाले बगाएर बेपत्ता बनाएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले जानकारी दिनुभयो ।

गोठालो गएर फर्कदै गरेका बेला घर नजिकै रहेको प्यराङ खोलाले मगरलाई बगाएर बेपत्ता बनाएको उहाँले बताउनुभयो । अन्य बेलामा सामान्य पानी बग्ने भएपनि केही दिनदेखिको अबिरल बर्षाका कारण उक्त खोला उर्लिएर आएको थियो । खोला तर्ने क्रममा बुधबार साँझ युवकलार्ई बगाएको हो । बेपत्ता मगरको स्थानीबासी तथा प्रहरी र आफ्न्त मिलेर खोजी कार्य जारी राखेको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको अध्यक्ष तिमिल्सेनाको भनाई छ ।

युवकले लगाएको केही कपडा भने फेला परेको खोजीमा संलग्न आफन्तको भनाई उदृत गर्दै अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । बेपत्ता युवकको अहिलेपनि खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको डिएपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology