Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको चुमनुब्री गाउँपालिकामा २ सय हिमाली आवासिय छात्रबृत्ति कोटा थप गर्न माग


3.4K
Shares

गोरखाको चुमनुब्री गाउँपालिकामा २ सय हिमाली आवासिय छात्रबृत्ति कोटा थप गर्न माग

गोरखा, २ असार  ः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पालिका भित्र हिमाली आवासिय छात्राबृत्ति कोटा थप गर्न शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग माग गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले बिकट चुमनुब्री गाउँपालिकाका बालबालिकाहरु आवसिय छात्रबृत्ति कोटाको अभावमा पढनपाठनबाट बन्चित हुनु पर्ने अबस्था आएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलसंग भेट गरि आबश्यक छात्रबृत्ति कोटा थप गर्न माग गर्नुभएको हो ।

गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारीलाई लिएर मन्त्री पौडेललाई भेट्न मन्त्रालयमा पुग्नु भएका अध्यक्ष लामाले चुमनुब्री गाउँपालिकामा एक गाउँबाट अर्को गाउँसम्म पुग्न दुई दिनसम्म लाग्ने भएकाले आबासिय छात्रबृत्ति बिना बालबालिकालाई बिधालयमा व्यवस्थापन गर्न सकिने अबस्था नरहेको स्पस्ट पार्नुभयो ।

अध्यक्ष लामाले सोही अबसरमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउदै अहिले रहेको ४२० आवासिय छात्रबृत्ति कोटा चुमनुब्री गाउँपालिकाका लागि पर्याप्त नभएको उल्लेख गर्नुभएको छ । ‘अझै थप २ सय कोटा छात्रबास चुमनुब्री गाउँपालिकाका लागि हिमाली आवसिय छात्रबृत्ति कार्यक्रम अन्र्तगत आबश्यक छ, मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, बिधार्थीहरुको बढ्दो चापका कारण गाउँपालिका र बिधालयहरुलाई व्यवस्थापन गर्न कठिन भएको छ ।’

भौगोलिक रुपमा अहिलेसम्म सडक सञ्जाल नजोडिएको चुमनुब्री गाउँपालिकाका बिधालयहरुमा हिमाली आवासिय छात्रबास कार्यक्रम अन्र्तगत त्यहाँका बालबालिकाहरुले पठनपाठन गर्दै आइरहेका छन् । ‘ बिधार्थीहरु घरबाट बिधालय आउजाउ गर्नसक्ने अबस्था छैन, गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो,‘सरकारले सहयोग नगरे गाउँपालिकाले मात्र थेग्न सक्ने अबस्था पनि छैन ।’

उहाँले थप २ सय कोटा छात्रबास कोटा थप भए तत्कालका लागि समस्या समाधान हुने समेत शिक्षा मन्त्री पौडेललाई जानकारी गराउनुभयो । ‘बिधार्थीहरुको चाप दिनप्रति दिन बढ्दो छ, तर संघिय सरकारले उपलब्ध गराउने छात्रबृत्ति कोटा थप हुन सकेको छैन, उहाँले भन्नुभयो, बालबालिकालाई बिधालय जानबाट बन्चित गर्नुहुदैन भनेर गाउँपालिकाले पनि आफ्नो तर्फबाट पहल र प्रयास गरेर व्यवस्थापन गर्दै आएको छ ।
उहाँले शिक्षामन्त्रीसंगको छलफल सकारात्मक रहेको भन्दै आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।

छलफलमा सिर्दिबासमा रहेको बुद्ध माध्यामिक बिधालयमा माध्यामिक तहका लागि शिक्षक स्थायी दरबन्दीको व्यवस्था गर्न पनि मन्त्री पौडेललाई आग्रह गरिएको अध्यक्ष लामाको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology