गोरखा, १ असार । गोरखामा भाडामा यात्रु बोक्ने ६ वटा रातो प्लेटमा नीजि सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि सिफारिस गरेको छ ।
निजी सवारी साधनले सवारी तथा यातायात ऐन विपरीत गोरखा जिल्ला अन्तर्गत विभिन्न स्थानहरुबाट यात्रु राखी अनाधिकृत रुपमा भाडा लिएर यात्रु बोकेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा रातो प्लेटका सवारी साधनहरुले भाडामा यात्रु बोकेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका सवै सवारी साधनको कागजात सहित आबश्यक कारवाहीका लागि यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको हो । ट्राफिक प्रहरीले नियम विपरीतका रातो प्लेटका सवारी साधनहरुमा भाडामा यात्रु नबोक्न तथा नबोकाउन समेत अनुरोध गरेको छ ।