Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा अबिरल बर्षाका कारण गोठ भत्किदा पुरिएर भैसी म¥यो


13.7K
Shares

गोरखामा अबिरल बर्षाका कारण गोठ भत्किदा पुरिएर भैसी म¥यो

गोरखा, १ असार : गोरखाको भीमसेन थापा गाउँपालिका–१, मसेल स्थित माझथोकमा अबिरल बर्षाका कारण गोठ भत्किएर भैसी एउटा मरेको छ । अबिरल बर्षापछि माटो गलेका कारण स्थानीयबासी बकिलराज बरामको आज गोठ भत्किदा गोठमा रहेका एउटा व्याउने भैसी मरेको वडाध्यक्ष बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

‘अत्याधिक बर्षाका कारण माटो गलेकाले ठूलो गरामा धन्सार निर्माण गरिएको धन्सार एक्कासी ढलेको रहेछ, उहाँले भन्नुभयो, धन्सारको नाल भैसीको ढाँडमा परेकाले मरेको हो ।’ घटनाको बारेमा जानकारी प्राप्त भए लगत्तै आफै घटना स्थल पुगेर स्थानीबासीको सहयोगमा गोठमा रहेको अर्को भैसीको भने उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो ।

भत्किएको धन्सार भित्र रहेका पशुबस्तुको धन्सारको छाना भत्काएर ढुङगा फालेर उद्धार गर्न सफल भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । रातको समयमा भएकाले बाख्राहरु अन्तै खोरमा थुनेका जोगिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology