Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा ट्राफिक प्रहरीद्धारा ९५ वटा सवारी साधनको प्रेसर हर्न बरामद


4.2K
Shares

गोरखा ट्राफिक प्रहरीद्धारा ९५ वटा सवारी साधनको प्रेसर हर्न बरामद

गोरखा, ३१ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अनावश्यक रुपमा सवारी साधनमा राखिएको प्रेसर हर्न निकाल्न सुरु गरेको छ ।

जिल्लाको विभिन्न सडक खण्डमा गरेको चेकजाँचमा९५ वटा बस तथा ट्रकहरुमा सवारी मापदण्ड विपरीत राखिएका प्रेसर हर्न ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । साथै अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारवाहरी गरी पच्चिस हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो।

कारवाहीमा परेका सवारीबाट २५ हजार ५०० रुपैयाँ राजश्व समेत संकलन भएको कार्यालयले जनाएको छ । जाँचका क्रममा सवारी मापदण्ड विपरीत प्रेसर हर्न राख्ने, अनावश्यक लाईटहरु राख्ने, अतिरिक्त सिटहरु राख्ने लगायतका कार्य गर्नेलाई पनि कारवाही गरिएको र त्यस्ता प्रकारका लाईट तथा सिट जफत गरिएको पनि कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको बजार तथा ग्रामीण क्षेत्रमा गुड्ने कतिपय सवारी साधनहरुले अस्वभाविक रुपमा जनमानसको स्वास्थ्यमा असर पर्ने गरी प्रेसर हर्न राखी बजाउने गरेको जन गुनासो बढ्दै गएकाले सवारी दुर्घटना न्युनिकरण गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने तथा जनचेतना फैलाउने उद्देश्यले प्रहरी निरीक्षकको कमाण्डमा नियन्त्रण अभियान सञ्चालन गरिएको हो ।

कार्यालयले सवारी साधनमा त्यस्ता कार्य नगर्न अनुरोध गरेको र त्यस्ता कार्य गरेको पाईएमा ट्राफिक नियम बमोजिम कडा कारवाही गरीने व्यहोरा समेत गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology