गोरखा, २७ जेठ । बोर्लाङ खेलकुद बिकास समितिको अध्यक्षमा निराजन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन समितिको अधिबेशनले श्रेष्ठलाई समितिको अध्यक्षमा चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा सुशिल श्रेष्ठ, उपाध्यक्षमा बिछोड श्रेष्ठ, प्रदिप रोकालाई चयन गरेको जनाइएको छ । अधिबेशनबाट समितिको सचिवमा राजु पाण्डे, सहसचिवमा गौरव श्रेष्ठ र कोषाध्यक्षमा रिमिका श्रेष्ठ चयन हुनु भएको हो ।
त्यस्तै सदस्यहरुमा अर्जुन भट्ट, मुना के.सी, बिज्ञान कुमाल, दिपक गैरे, जीतबहादुर दरै, सुरज दुवाडी, सुजन भट्ट, तिर्थकुमार लामा, नवराज बागदास, उत्सव श्रेष्ठ, कुमार श्रेष्ठ, बिक्रम श्रेष्ठ, बिजय श्रेष्ठ, बिकास श्रेष्ठ र डिलबहादुर दरै चयन हुनु भएको छ।
भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बिष्णु श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष सदस्यहरु रामप्रसाद पाण्डे, जीवन कुमाल, वडा नम्बर ८ का वडासदस्य समुन्द्र श्रेष्ठ, रामकुमार दरै, नेकपा माओबादी केन्द्रका भीमसेन थापा गाउँपालिकाका सचिवालय सदस्य झंम्कनाथ सिंखडा, जसपा गोरखाका जिल्ला समिति सदस्य बुद्धि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।