गोरखा, २७ जेठ । आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहिरोले पु्रिएर ज्यान गुमाउने दुई जना मध्ये एक गोरखाको भएको पुष्टी भएको छ । प्रहरीका अनुसार गोरखाको सिरानचोक गाउँपालिका छोप्राक घर भएका ३५ बर्षिय केशव घिमिरेको शव भेटिएको जनाइएको छ ।
अर्का मृतकको भने सनाखत हुन सकेको छैन । घटनास्थलमा एउटा कार र मोटरसाईकल पुरिएको अबस्थामा भेटिएको छ । कारमा कति यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा रहेको उक्त सडक खण्ड बिहीबार राती परेको अबिरल बर्षाका कारण शुक्रबार बिहान ३ बजेतिर भासिएको थियो ।
कारको खोजी जारी राखिएको छ । खोजी कार्यमा नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
त्रिशुली नदीमा आएको बाढीका कारण उक्त सडक तलै देखि भासिएको हो ।